काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिरमा दर्शन गर्न वैकल्पिक मार्ग हुँदै आउने पर्यटक तथा दर्शनार्थीहरुसँग रकम लिइएको सम्बन्धमा प्राप्त प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
करिव ७० हजार शेयरधनीको स्वामित्व यस सार्वजनिक कम्पनीले सो क्षेत्रसँग जोडिएका स्थानीय सरकार र अन्य निकायसँगको छलफल तथा समन्वय एवं लिखित र मौखिक निर्णयका आधारमा सो क्षेत्र वरिपरीको फोहोर मैला व्यवस्थापन तथा सरसफाई, शौचालयको व्यवस्थापन, निःशुल्क पिउने पानीको व्यवस्था, निःशुल्क वाईफाइ, बिजुली बत्ती, पार्किङ सुविधा र दर्शनार्थीहरुको व्यक्तिगत सुरक्षा तथा वनजन्य सुरक्षाका लागि २ जना सुरक्षा गार्ड परिचालन गरी आवश्यक व्यवस्थापन गर्दै आएको छ ।
साथै, सुख्खा याममा सम्भावित डढेलोको जोखिम न्यूनीकरण गर्न स्थानीय सामुदायिक वनहरुसँगको समन्वयमा ४ जना वन हेरालु राख्नको निमित्त आर्थिक सहायता समेत प्रदान गर्दछ ।
यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट रु. एक सय रुपैयाँ मात्र सेवा शुल्क लिई सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको थियो । सो को जानकारी चेकपोष्ट स्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको र यस व्यवस्थाले पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको कम्पनीको भनाई छ ।































प्रतिक्रिया