पोखरामा हुने ‘वाडा अटो शो २०२५’ यी लोकप्रिय ब्रान्डको सहभागिता रहने

पोखरामा हुने ‘वाडा अटो शो २०२५’ यी लोकप्रिय ब्रान्डको सहभागिता रहने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । चैत १४ देखि १७ सम्म पहिलोपटक पोखराको अमरसिंहचौरमा आयोजना हुने ‘वाडा अटो शो २०२५’ को तयारी धमाधम हुँदैछ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा हुने यस अटो शोमा लोकप्रिय रहेका ब्रान्डहरुले स्टल बुक गरिसकेका छन् ।

अटो शोेमा विद्युतीय चारपांग्रेतर्फ बीवाईडी, एक्सपेङ, केई, दिपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राख्ने भएका छन् । त्यसैगरी आईसीईतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निसान, महिन्द्रा लगायतका गाडीहरुको पनि सहभागिता रहनेछ । हुन्डाई, टाटा, कियाले इभीसँगै आईसीई गाडीलाई पनि सोकेस गर्नेछ । दुईपांग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्रायम्फ, रोयल इन्फिल्ड लगायतका ब्रान्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

त्यसैगरी कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डोङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा रहने वाडाका उपाध्यक्ष एवं अटो शोे संयोजक निरन केसीले जानकारी दिए । अटो शोेमा दुईपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणर फुडकोर्ट लगायतको स्टल पनि रहनेछ ।

Logo