शेयर बजारमा आइपीओ खोज्दै हुनुहुन्छ ? उसो भए अर्को साता तपाईका लागि खुशीको साता बन्ने भएको छ। आउँदो साता तीन वटा कम्पनीले करिब ५० करोड बराबरको आईपिओ जारी गर्दैछ । कुल ४९ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको आइपीओ बजारमा आउन लागेको हो। २ हाइड्रो र १ लघुवित्त कम्पनीले ४९ लाख ९० हजार ४ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी
मध्य भोटेकोशीले मङ्सिर १९ गतेदेखि २६ गतेसम्म साधारण शेयर निष्काशन गर्दैछ। कम्पनीले सस्थागत शेयरधनी संस्थाका कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्चारीहरुको लागि आइपीओ जारी गर्ने भएको हो । जसमा संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीहरूलाई ६ लाख कित्ता रहेको छ ।
संस्थापक शेयरधनी अन्तर्गत चिलिमे जलविद्युत कम्पनी लि, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रा.लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिका कर्मचारीहरुले शेयर भर्न पाउछन्। जसमा संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने छन् भने ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न पाउने छन् ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि आईपिओ जारी गर्दैछ । कम्पनीले १६ करोड ९० लाख ४७ हजार बराबरको १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दालाई यस अघि नै शेयर निष्काशन गरिसकेको छ ।
शेयरमा ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ भने रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन सक्ने छन । कम्पनीको शेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।
चौतारी लघुवित्तको ६ लाख कित्ता
चौतारी लघुवित्तले मंसिर १९ गतेदेखी आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ ।
चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ । आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ ।





























प्रतिक्रिया