विश्व पानी दिवसमा सिद्धार्थ बैंकले आयोजना गरेको कार्यक्रम वाकाथन सम्पन्न 

विश्व पानी दिवसमा सिद्धार्थ बैंकले आयोजना गरेको कार्यक्रम वाकाथन सम्पन्न 

केन्द्रबिन्दु
3
Shares

काठमाडौं ।  विश्व पानी दिवस–२०२५ को अवसरमा सिद्धार्थ बैंकले पहिलो पटक आयोजना गरेको कार्यक्रम प्रभातफेरी कार्यक्रम ‘वाकाथन’ सम्पन्न भएको छ । “पानी बचाऊ, भविष्य जोगाऊ” भन्ने नारासहित नक्साल नारायणचौरबाट सुरु भएको ५ किमि लामो यो कार्यक्रम दरबारमार्ग, रत्नपार्क, बागबजार, पुतलीसडक, हात्तीसार हुँदै पुनः नारायणचौरमै सम्पन्न भएको हो । 

सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरूप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यताहरूलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरू समेत लागू गरिसकेको छ । 

संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मनाउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्यअन्तर्गत सबैका लागि पानी र सरसफाई सुनिश्चित गर्न योगदान पुर्याउनु हो । 

यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियानहरू सञ्चालन बैंकले गरेको सिद्धार्थ बैंकले जानकारी दिएको छ । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरू पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनु पर्ने बताए । 

उनका अनुसार पृथ्वीको तापमान बुद्धिसँगै हिमनदीहरू पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको छ । कार्यक्रममा बैंकका कर्मचारी लगायत विभिन्न सरोकारवालाहरू गरी ६५६जना व्यक्तिहरूको सहभागिता रहेको थियो जसमध्ये ३९५ जना पुरुष र २६१ जना महिलाहरू थिए । 

Skip This
Skip This
Logo