जेडटीईले ल्यायो पाँच मोडेलका नयाँ फोन, यस्तो छ मूल्य तथा फिचर

जेडटीईले ल्यायो पाँच मोडेलका नयाँ फोन, यस्तो छ मूल्य तथा फिचर

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । नेपाली बजारमा जेडटीई स्मार्टफोनको नयाँ सिरिज सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेलका नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

यस अन्तर्गत कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा नेपाली प्रयोगकर्तालाई स्तरीय फिचर र पर्फमेन्स भएका फोन अनुभव गराउने उद्देश्यले यी फोन ल्याएको जनाएको छ । नयाँ सिरिजमा शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा र टिकाउ ब्याट्री रहेको कम्पनीको दाबी छ ।

कम्पनीले ब्लेड ए ७५, ब्लेड ए ३५ई, ब्लेड ए ५५, नुबिया भी ७० म्याक्स र नुबिया भी७० डिजाइन गरी पाँच नयाँ स्मार्टफोन सार्वजनिक गरको हो। “हामी जेडटीईलाई नेपालमा पुनः ल्याउन पाउँदा उत्साहित छौं । हामी नेपाली ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं,” शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाखेरले भने । कम्पनीले यी स्मार्टफोनलाई प्रतिस्पर्धी मूल्यमा बजारमा उपलब्ध गराउने बताएको छ ।

यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बनेको छ ।

यस्तो छ जेडटीईका नयाँ स्मार्टफोनको मूल्य र स्टोरेज क्षमताः
१. जेडटीई ब्लेड ए७५
मूल्यः रु. १३,९९९
स्टोरेजः ४ जीबी
र्‍याम २५६ जीबी रोम
कलरः डायमन्ड ब्ल्याक र मिन्ट ग्रीन

२. जेडटीई ब्लेड ए५३ ई
मूल्यः रु. १०,४९९
स्टोरेजः २ जीबी
र्‍याम ६४ जीबी रोम
कलरः सिल्भरी ग्रे र आइस ग्रीन

३. जेडटीई ब्लेड ए५५
मूल्य रु. ११,९९९ स्टोरेजः जीबी
र्‍याम ६४ जीबी रोम
मूल्यः रु. १२,९९९ स्टोरेजः ४ जीबी
र्‍याम १२८ जीबी रोम
कलरः स्टारी ब्ल्याक एन्ड वाटर ब्लु

४. जेडटीई नुबिया भी७० म्याक्स
मूल्यः रु.१५,९९०
स्टोरेजः ६ जीबी र्‍याम
१२८ जीबी रोम
कलरः लेक ग्रिन र ग्लाटिक ग्रे

५. जेडटीई नुबिया भी७० डिजाइन
मूल्यः रु. १६,९९९ स्टोरेजः ८ जीबी र्‍याम
१२८ जीबी रोम
मूल्यः रु. १८,९९९ स्टोरेजः ८ जीबी र्‍याम
२५६ जीबी रोम
कलरः स्टोन ग्रे र जेड ग्रिन

Logo