काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘रोटरी इनटरनेसनल डिस्ट्रिक्ट ३२९२– नेपाल तथा भुटान’ को ‘१७औँ जिल्ला सम्मेलन’लाई शीर्ष प्रायोजकको रूपमा प्रायोजन गरेको छ ।
ललितपुरको जावलाखेलस्थित द प्लाजामा चैत ८ देखि सुरु भएको सो प्रतिष्ठित सम्मेलन चैत १० सम्म सम्पन्न भएको थियो ।
सो सम्मेलनमा देशभरका २ हजारभन्दा बढी विशिष्ट व्यक्तित्वहरू, रोटरियनहरू र अन्तर्राष्ट्रिय वक्ताहरू सहभागी थिए । साथै रोटरी इन्टरनेसनल प्रेजिडेन्ट अफिसका प्रतिनिधि तथा मलेसिया र सिंगापुरका डिस्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनको शीर्ष प्रायोजकको रूपमा एसपीजी अटोमोबाइल्सले समुदायलाई सशक्त बनाउने र साझा प्रगति प्रेरित गर्ने कार्यलाई सहर्ष समर्थन गरेको बताएको छ । एसपीजी अटोमोबाइल्स दिगो उद्देश्यका साथ नवीनता ल्याउने प्रतिबद्धता बोकेको कम्पनी भएको र यो साझेदारी कम्पनीको मूल्य–मान्यता तथा दृष्टिकोणको निरन्तरता भएको बताइएको कम्पनीले जनाएको छ ।































प्रतिक्रिया