काठमाडाैं । सामसुङ नेपालले आज ग्यालेक्सी ए५६ ५जी, ग्यालेक्सी ए३६ ५जी र ग्यालेक्सी ए२६ ५जी सार्वजनिक गरेको छ । पहिलोपटक, ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ समावेश गरिएको छ, जसले एआई प्रविधिमार्फत सिर्जनशीलता पुनः परिभाषित गरेकाे छ ।
यसका साथै, परिस्कृत टिकाउपनका साथै सुरक्षा र गोपनीयता जस्ता थप विशेषताहरुले प्रयोगकर्तालाई सुरक्षित र दीर्घकालीन मोबाइल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउनेछ जस्ले ग्राहकहरुलाई धेरै बिकल्पहरु प्रदान गर्ने छ ।
सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापित ले भन्नु भयो “नयाँ ग्यालेक्सी सिरिज फोनहरुले ग्यालेक्सीको अविश्वसनीय मोबाइल एआईको अनुभवलाई ठुलो दर्शक माझ ल्याएर, सबैका लागि एआई भन्ने हाम्रो सोच तर्फ एउटा महत्वपुर्ण पाईला सारेको छ । यि अद्भुत नयाँ सुविधा र क्षमताहरुले सृजन्शिलता बढाउने मात्र नभइ, सुरक्षित, बिश्वस्निय र रमाईलो मोबाइलको अनुभव पनि प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।
असम इंटेलिजेन्स, ग्यालेक्सी ए५६ ५जी, ए३६ ५जी र ए२६ ५जीमा विशेष उपलब्ध मोबाइल एआई हो, जसले प्रयोगकर्तालाई शक्तिशाली, रमाइलो र सजिलो AI टुल्स प्रदान गर्दछ । वान युआई ७ द्वारा सञ्चालित, यस असम इन्टेलिजेन्सले प्रयोगकर्ताहरूलाई अझ राम्रो खोजी र भिजुअल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी ए सिरिजका फोनहरुमा अघिल्लो वर्ष अत्ति चर्चित गुगलको ‘सर्कल टु सर्च’ विशेषता अब थप उन्नत भई फोन स्क्रिनबाट सजिलै खोज्न मिल्ने भएको छ । अब, ‘सर्कल टु सर्च’ले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना, वा युआरएल सजिलै पहिचान गर्न सक्छ, जस्ले गर्दा प्रयोगकर्ताले एक ट्यापमा नै कार्य पुरा गर्न सक्छ ।
अब, ‘सर्कल टु सर्च’ ले गीतहरू पनि तत्काल पहिचान गर्न सक्छ। सामाजिक सञ्जाल वा वरपर बजिरहेको गीतलाई सजिलै चिन्नका लागि नेभिगेसन बार लामो प्रेस गरेर ‘म्यूजिक बटन’ ट्याप गर्दा गीतको नाम र कलाकार तुरुन्तै देखाइनेछ ।
ग्यालेक्सी A सिरिजमा अब थप उत्कृष्ट सर्जक केन्दृत क्यामेरा प्रविधि समावेश छ। सबै डिभाइसहरूमा ५० मेगापिक्सल मुख्य क्यामेरा दिइएको छ, साथै ग्यालेक्सी ए५६ ५जी र ए३६ ५जी मा १० विट एचडिआर फ्रन्ट क्यामेरा छ, जसले उज्यालो र स्पष्ट सेल्फी लिन सकिन्छ। ग्यालेक्सी ए५६ ५जी मा १२ मेगापिक्सल अल्ट्रा-वाइड लेन्स दिइएको छ । ‘बेस्ट फेस’ विशेषता ग्यालेक्सी ए५६ ५जी मा मात्र उपलब्ध छ, जसले समूह फोटोहरूमा सबैको उत्कृष्ट अभिव्यक्ति छनोट गरी उत्तम तस्बिर बनाउँछ। ‘नाइटोग्राफी’ प्रविधिको सुधारसँगै, ग्यालेक्सी A56 5G मा 12MP सेल्फी क्यामेरामा ‘लो न्वाइज मोड’ थप गरिएको छ, जसले न्यून प्रकाशमा अझ राम्रो फोटो खिच्न मद्दत गर्दछ।
ग्यालेक्सी ए५६ ५जी, ए३६ ५जी र ए२६ ५जीमा अब्जेक्ट इरेजर सुविधा उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई फोटोबाट अनावश्यक वस्तुहरू हटाउन मद्दत गर्दछ। चाहे त्यो अनपेक्षित व्यक्तिहरू हुन् या ध्यान भंग गर्ने छायाँहरू, प्रयोगकर्ताहरूले वस्तुहरूलाई म्यानुअली वा स्वचालित रूपमा मेटाउन सक्छन्, र केही ट्यापहरूमा सफा र परिष्कृत फोटो प्राप्त गर्न सक्छन् । त्यस्तै गरी, फिल्टर्सले प्रयोगकर्ताहरूलाई मोबाइलमा भएको फोटोहरूबाट रंग र शैलीहरू निकालेर आफ्नै फिल्टरहरू बनाउन मद्दत गर्दछ ।
ग्यालेक्सी ए सिरिजमा अब ६ पुस्तासम्मको एन्ड्रोइड ओएस र वान युआई अपडेट उपलब्ध हुनेछ, साथै ६ वर्षसम्म सुरक्षा अपडेटहरू दिइनेछ । यस्ले मोबाइलको जीवनचक्रलाई लामो बनाउनुका साथै ग्राहकहरुलाई धेरै बर्ष सम्म सरल तरिकाले भरपर्दो मोबाइलको अनुभव प्रदान गर्नेछ । ग्यालेक्सी ए५६ ५जी, ए३६ ५जी मा ६.७ इन्च एफएचडीप्लस सुपर एमाेलेड डिस्प्ले समावेश गरिएको छ, जसको ब्राइटनेस १२०० निट्ससम्म पुग्न सक्छ। स्टेरियो स्पिकरले ध्वनि अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।
नयाँ ग्यालेक्सी ए सिरिजमा ५००० एमएएच ब्याट्री समावेश गरिएको छ, जस्ले पुरै दिनको दिन चरियालाई साथ दिन्छ । ग्यालेक्सी ए५६ ५जी, ए३६ ५जीले ४५ वाट चार्जिङ पावर र सुपर-फास्ट चार्जिङ २.० समर्थन गर्छन जस्ले गर्दा धेरै लामो समय सम्म मोबाइल चलाउन सकिन्छ ।
ग्यालेक्सी ए५६ मा ५जी एक्सिनाेस १५८० चिपसेट र ग्यालेक्सी ए३६ ५जीमा सुपरड्र्यागन ६ जेन ३ प्रोसेसर प्रयोग भएको छ । दुबै मोबाइलहरुमा शक्तिशाली ठुलो भेपर च्याम्बर प्रयोग भएकोले, गेम खेल्न, लामो समय भिडियो हेर्न र मल्टिटास्क गर्न सजिलो भएको छ ।
ग्यालेक्सी ए५६ ५जी १२ जिबी र्याम/२५६ जिबी स्टाेरेज क्षमता रहेकाे ७०,९९९ रुपैयाँ र ८ जिबी र्याम/ २५६ जिबी स्टाेरेज क्षमता भएकाे ६५,९९९ रुपैयाँ ताेकिएकाे छ । यसैगरी ग्यालेक्सी ए३६ ५जी १२ जिबी र्याम/२५६ जिबी क्षमता भएकाे ५९,९९९ रुपैयाँ र ८ जिबी र्याम/ २५६ जिबी स्टाेरेज क्षमता भएकाे ५४,९९९ रुपैयाँ तथा ८ जिबी र्याम/ १२८ जिबी स्टाेरेज क्षमता भएकाे ४८,९९९ रुपैयाँ रहेकाे छ । ग्यालेक्सी ए२६ ५जी भने ८ जिबी र्याम / २५६ जिबी स्टाेरेज क्षमता भएकाे ४५,९९९ रुपैयाँ रहेकाे छ ।





























प्रतिक्रिया