नक्सालमा केटीएम मोटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा

नक्सालमा केटीएम मोटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । केटीएम मोटरसाइकलको नक्सालमा सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा आएको छ । गोल्छा ग्रुपअन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको उक्त मोटरसाइकलको  शोरुम उद्घाटनसँगै औपचारिक रूपमा सञ्चालनमा आएको हो । 

आइतबार आयोजित शोरुम उद्घाटन समारोहमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाका साथै निर्देशक अभिमन्यु गोल्छाको पनि सहभागिता रहेको थियो । स्पोर्ट्स, एड्भेन्चर तथा डर्ट बाइकका लागि प्रसिद्ध केटीएम मोटरसाइकल युवा माझ नेपाली बजारमा निकै लोकप्रिय छ । 

कम्पनीका अनुसार केटीएम मोटरसाइकलका योसँगै १८ वटा शोरुम पुगेका छन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले केटीएम मोटरसाइकलको नयाँ शोरुम विस्तार गर्दै बिक्रीसँगै गुणस्तर सर्भिसमा प्रतिबद्ध रहेको बताए । ‘नक्सालमा केटीएम मोटरसाइकलको शोरुम पहिलाबाटै थियो, उक्त शोरुमको ठाउँमै नक्सालको अर्को स्थानमा सारेर शोरुम सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

केटीएम मोटरसाइकलका अहिले नेपाली बजारमा ७ वटा मोडलका बाइक बिक्री हुँदै आएका छन् ।  

तीव्र गति, उत्कृष्ट सस्पेन्सन र दमदार इन्जिन क्षमता यी मोटरसाइकलका विशेषता हुन् । केटीएम मोटरसाइकले प्रायः ट्र्याक,रेसिङका लागि उत्कृष्ट ह्यान्डलिङ र स्थिरता प्रदान गर्छन् । यो मोटरसाइकल चढ्न चाहने व्यक्तिहरूको लागि प्रेरणा र उत्साह बढाउने पनि गोल्छाले बताए । 

नेपालमा बजारमा केटीएम डूक २००, केटीएम आरसी २००, केटीएम डूक ५५० जेन ३, केटीएम आरसी ३९०, केटीएम आरसी ३९०, केटीएम डूक ३९०, केटीएम २५० एड्भेन्चर र केटीएम ३९० एड्भेन्चर मोडलको मोटरसाइकल बिक्री हुँदै आएको छ ।

Skip This
Skip This
Logo