काठमाडौं । नेपाली बजारमा क्रसफायरको नयाँ मोटरसाइकल आरएमजेड २५० अब छिट्टै लन्च हुने तयारीमा रहेको पाइएको छ । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले यसको पुष्टि गरेको हो ।
अपग्रेडेड भर्सनमा आएको आरएमजेड२५० थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको कम्पनीको भनाई छ । सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने दाबी गरिएको छ ।
नेपाली बजारमा हाल सो बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसका साथमा प्रि–बुकिङ बेनिफिटको रुपमा ग्राहकले फ्रि प्रिमियम डर्ट हेल्मेट, एक्स्क्लुसिभ राइडिङ ज्याकेट, फ्रि इन्ट्री फर अ मल्टी–डे एड्भेन्चर राइड लगायतका अफर प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया