नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त, लुइँटेल किन हटाइए ?

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त, लुइँटेल किन हटाइए ?

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई नियुक्ति गरेको हो । 

माघ २५ गतेदेखि सीईओ रिक्त नेप्सेले झन्डै २ महिना पछि सीईओ पाएको छ । लामो समय बैंक तथा वित्तीय संस्थामा काम गरेका चापागाईं यस क्षेत्रमा निकै अनुभवी रहेको बताइन्छ ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए थियो । तर,सो निर्णय मुख्यसचिवबाट प्रमाणित नभएपछि मन्त्रिपरिषद्को निर्णयलाई नै उल्टाएर चापागाईंलाई सीईओमा नियुक्त गरिएको हो । सीईओका छनोटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए।

Logo