‘बीवाईडी एसिया प्यासिफिक -२०२५ डिलर कन्फ्रेन्स’बाट साइमेक्स इंक सम्मानित

‘बीवाईडी एसिया प्यासिफिक -२०२५ डिलर कन्फ्रेन्स’बाट साइमेक्स इंक सम्मानित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. चीनको सेन्झेन सहरमा सम्पन्न ‘बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्स’बाट सम्मानित भएको छ ।

कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूत पूर्व योगदानका लागि सम्मानित गरिएका थियो ।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए बापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउट स्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको हाे ।

यसका साथै बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे बापत धेरै व्यक्तिहरूलाई सम्मानित भएका छन् । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरेका छन् ।

नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बनेको थियो । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर प्रा.लि.ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गरेको छ ।

त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि. ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरेका छन् ।

ईभी क्रान्तिमा नेतृत्व लिइरहेको बीवाईडीले आगामी दिनमा समेत ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा प्रतिबद्ध रहेको साइमेक्स इंक प्रा.लि. का अध्यक्ष अनिल श्रेष्ठले बताए ।

‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन्, बीवाईडीले मेरो कडा परिश्रमको पहिचान गरेकोमा म अविश्वसनीय रूपमा गर्व र कृतज्ञ महसुस गरेको छु,’ उनले भने ।

साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले कार बिक्री गर्नु मात्र नभई यो भिजनलाई ड्राइभ गर्नु, मानिसहरूलाई दिगो भविष्य अँगाल्नका लागि मद्दत गर्नु आफैमा महत्वपूर्ण रहेको बताए । ‘मेरा प्रत्येक रातका योजना, प्रत्येक चुनौती र प्रत्येक कार्यबाट यो अवस्था आइपुगेको छ, यसका लागि ग्राहक तथा मेरो टिमले म प्रति गर्नुभएको विश्वासका लागि सबैप्रति कृतज्ञ छ,’ उनले भने ।

Skip This
Skip This
Logo