एनआईसी एशिया बैंकको एटिएमबाट एटिएम कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

एनआईसी एशिया बैंकको एटिएमबाट एटिएम कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले इसेवा वालेटमा रहेको रकम एटीएम कार्ड बिनै बैंकको एटीएम मेसिनहरूबाट निकाल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

बैंककाअनुसार अबदेखि एनआईसी एशिया बैंकको नेपालभर रहेका ६७० वटै एटीएम मेसिनहरूबाट इसेवामा रहेको रकम बिना झन्झट सामान्य तरिकाले निकाल्न सकिनेछ। यसका लागि इसेवाको फाइनान्सियल पेमेन्ट अन्तर्गत रहेको एटीएम विथ्ड्रवलमा एनआईसी एशिया बैंक छनौट गरी देखाएअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने छ।

यो सेवाबाट प्रयोगकर्ताले दैनिक अधिकतम ५ पटकसम्म कारोबार गर्न सक्नेछन्, जसमा प्रतिकारोबार ५ हजार रुपैयाँसम्म निकाल्न मिल्नेछ । मासिक रुपमा ५० कारोबारसम्म तथा कुल २५ हजार रुपैयाँसम्मको रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

Logo