सिद्धार्थ बैंकका ग्राहकहरुलाई क्यापिटल हस्पिटलमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई क्यापिटल हस्पिटलमा २० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । सिद्धार्थ बैंकका ग्राहकलाई क्यापिटल हस्पिटलमा २० प्रतिशतसम्म छुट
सिद्धार्थ बैंक र क्यापिटल हस्पिटल प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकले पुतलीसडकस्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

Skip This
Skip This
Logo