काठमाडौं । स्पोट्र्स, एड्भेन्चर तथा डर्ट बाइकका पारखीहरूको लागि केटीएम मोटरसाइकल निकै लोकप्रिय छ । नेपाली बजारमा हंशराज हुलास चन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको उक्त मोटरसाइकले रेसिङ सर्किट र हाइ स्पिड ट्रयाकमा प्रभावशाली प्रदर्शन दिन्छन् ।
जसका कारण पनि युवाहरुबीच केटीएम मोटरसाइकल प्रख्यात छ । अन्य मोटरसाइकलको तुलनामा मूल्यका हिसाबले केटीएम महँगो भएता पनि पर्फमेन्सका हिसाबले यो मोटरसाइकल दमदार रहेको बताइन्छ ।
कम्पनीका अनुसार यी मोटरसाइकल सस्पेन्सन, चेसिस र ब्रेकिङ प्रणाली सबै उच्च प्रदर्शनको लागि अनुकूलित छन् । केटीएमका नेपालमा ७ वटा मोडलका मोटरसाइकल बिक्री हुँदै आएको छ । तीव्र गति, उत्कृष्ट सस्पेन्सन र दमदार इन्जिन क्षमता यी मोटरसाइकलका विशेषता हुन् ।

कम्पनीले नेपालमा बजारमा केटीएम डूक २०० मोडलको मोटरसाइकलको मूल्य ५ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ । राम्रो इन्धन दक्षता प्रदान गर्ने बाइकहरूमा रूपमा हेरिएको यो मोटरसाइकल उपभोक्ताको रोजाइमा पर्दै आएको बताए ।
यस्तै, केटीएम आरसी २०० को मूल्य ६ लाख ९४ हजार ९०० र केटीएम डूक ५५० जेन ३ मोडलको मोटरसाइकलको मूल्य कम्पनीले ७ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ । साथै, केटीएम आरसी ३९० लाई ९ लाख ४४ हजार ९०० र केटीएम डूक ३९० मोडलको मोटरसाइकललाई ९ लाख १९ हजार ९०० रुपैयाँमा किन्न पाइने बताइएको छ ।
केटीएमका मोटरसाइकलको सर्विसिङ र पाट्र्स सजिलै उपलब्ध भएकाले प्रयोगकर्तालाई ठूलो समस्या नरहेको कम्पनीको भनाई छ । कम्पनीका अनुसार केटीएम २५० एड्भेन्चरको ७ लाख २९ हजार ९०० र केटीएम ३९० एड्भेन्चर मोडलको मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको बताइएको छ ।
केटीएमका मोटरसाइकलले उच्च प्रदर्शन गर्ने इन्जिन भएकाले युवाको रोजाइमका यी बाइक पर्दै आएको छ । आकर्षक र आधुनिक डिजाइन भएका यी मोटरसाइकल साहसिक यात्राका लागि निकै उपयुक्त मानिन्छ ।































प्रतिक्रिया