काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य १९०० रुपैयाँले घटेर आइतबार १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ७० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।





























प्रतिक्रिया