अटोमोबाइल क्षेत्रको विकासमा नाडा र नाइमा एकजुट, दुवै संघको सदस्य बन्न पाइने

अटोमोबाइल क्षेत्रको विकासमा नाडा र नाइमा एकजुट, दुवै संघको सदस्य बन्न पाइने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन(नाइमा)को अस्तित्वलाई स्वीकार गरेको छ ।

हालै नाडाबाट अलग्गिएर ऋतु सिंहको नेतृत्वमा गठन भएको नाइमा र नाडाबीच अटोमोबाइल क्षेत्रको विकासमा एकताबद्ध भएर लागिपर्ने प्रतिबद्धतासहित दुवै संस्थाको कार्यक्षेत्र र भूमिका छुट्याइएको हो ।

नाडाका अध्यक्ष करण चौधरी र नाइमाको तर्फबाट ऋतु सिंहले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छ । साथै एउटा संस्थामा रहेको संस्था अर्को संस्थामा समेत बस्न सक्ने व्यवस्था गरिएको छ ।

यी दुई संस्थाले कुनले के काम गर्ने भन्ने समेत प्रस्ट पारेका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् ।

यता नाइमा भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो। जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । नाइमाको उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउने रहेको छ । यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ। जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइने छ ।

नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए पनि यसको कार्य क्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने छ । यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पूरा गर्न काम गर्ने बताइएको छ ।

Skip This
Skip This
Logo