लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो नयाँ वर्ष योजना

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो नयाँ वर्ष योजना

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग” योजना ल्याएको छ । यो ग्राहकमुखी योजना चैत २१ गतेदेखि नेपालभर सुरू भएको छ।

ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक ६ लाख रूपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।

हालै सार्वजनिक गरिएको “चुज योर फ्युचर”को थिमसहित, क्रेटा इभी र क्रेटा आइस (मेड इन नेपाल)लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको भनाइ छ। यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

ग्राहकहरूको सन्तुष्टीको लागि हुन्डाईले ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ। सबै आइस हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको हाइ भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडीको अरु कम्पोनन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्।

यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथाच ईभी इभी गाडी खरिद गरि फाईदा लिन सकिनेछ ।

Logo