काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको निकै लोकप्रिय तथा भरपर्दाे अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरुको उल्लासलाई झनै दोब्बर बनाउन विशेष उपहार योजना ल्याएको छ ।
“अनबक्स ह्याप्पीनेश” भन्ने नाराका साथ बजारमा ल्याइएको यस योजनामा ग्राहकहरुले आफ्ना विभिन्न सामानरुको खरिदमा रु. ४१,४०० सम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याक पाउनेछन् ।
साथै बेकोको विभिन्न घरायसी सामानहरु जस्तै रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर तथा फ्रि स्टेंडिङ ओभनको खरिद गर्दै ग्राहकहरुले आप्mनो घरमा नयाँपनको हर्षका साथै विभिन्न आकर्षक उपहार तथा हरेक खरिदमा आकर्षक बचत पाउँदै अब उत्सवको खुशीयाली झनै बढाउन सक्ने विश्वास कम्पनीले लिएको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानका साथै १०० प्रतिशत पार्ट्स् उपलब्धता तथा सर्भिस् ग्यारेन्टी लगायत बेकोको अन्तराष्ट्रिय विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा रमाउन सक्नेछन् ।
यस योजना अन्तर्गत बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वाशिङ मेशिनमा निःशुल्क ६ के.जी. एरियल म्याटिक, एयर कन्डिशनरमा निःशुल्क जडान, डिशवाशरमा निःशुल्क २ प्याकेट डिशवासर किट तथा फ्रि स्टेंडिङ ओभनमा निःशुल्क सि.जी. प्रेसर कुकर जित्ने अवसर रहेको छ ।
यो योजना चैत्र २४ देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको छ । साथै सि जी इलेक्सको वेब साईटमा गई आफ्ना पुराना सामानहरुको एक्सचेन्ज समेत गर्न सक्नेछन् भने ५ प्रतिशत इएमआईमा सामानहरु खरिद समेत गर्न सक्ने कम्पनीको भनाइ छ ।































प्रतिक्रिया