सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा केयर्स कार्ड र ई-कर्जा सेवाको सुरूवात, के-के छन् सुविधा ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा केयर्स कार्ड र ई-कर्जा सेवाको सुरूवात, के-के छन् सुविधा ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपालमा पहिलोपटक उक्त केयर्स कार्ड र ई–कर्जा सार्वजनिक गरेको हो । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई–कर्जाको शुभारम्भ गरेपश्चात् औपचारिक रूपमा यो सेवा सञ्चालनमा आएको जानकारी दिइएको छ । नवीनतम प्रविधिहरूको प्रयोग गरी ग्राहकहरूलाई सेवा दिँदै आइरहेको यस कम्पनीले बीमितहरुलाई अझ थप सरल तथा सहज सेवा दिने उद्देश्य राखी बीमालेख बापत प्राप्त हुने कर्जा सम्बन्धी नयाँ प्रविधि ल्याएको बताएको छ ।  

जीवन बीमा कम्पनीहरूबाट जारी हुने बीमालेखको शर्त तथा सुविधा अनुसार बीमा जारी मितिबाट ३ वर्ष पुरा भई ३ वर्षको बीमाशुल्क प्राप्त भए पश्चात् बीमालेख अन्तर्गत ई–कर्जा दिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार ३ वर्ष पश्चात् बीमालेखमा जम्मा हुने नगद मूल्य रकमबाट सीमितको आवश्यकता अनुरूप उक्त रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिनेछ । 

कर्जा प्राप्त गर्नको लागि हाल कम्पनीहरूमा विद्यमान रहेको प्रक्रिया अनुसार बीमितले नजिकको शाखा कार्यालय गई कम्पनीले तोकेको फारामहरू भरी आवश्यक कागजातसहित कर्जाको लागि आवेदन दिनुपर्ने र आवेदन दिएको मितिबाट १ वा २ दिनभित्र बीमा कम्पनीद्वारा सीमितको बैंक खातामा कर्जा रकम जम्मा गरिदिने छ । 

अनलाइन प्रक्रियामार्फत हाललाई कर्जा रकम अधिकतम ५० हजार  रुपैयाँसम्म प्राप्त गर्न सकिने बताइएको छ । यस सुविधाअन्तर्गत कम्पनीले तोकेका केही मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्ताहरूलाई सूर्यज्योति मोबाइल एपमार्फत सूर्यज्योति डिजिटल केयर्स कार्ड प्रदान गरिने छ । 

सो डिजिटल कार्डको माध्यमबाट कम्पनीसँग सम्झौता भएको विभिन्न सेवा प्रदायक संस्थाहरूबाट आफूले उपभोग गर्ने सेवामा विशेष छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यसको लागि कम्पनीद्वारा विभिन्न क्षेत्रका संस्थाहरू जस्तै अस्पतालहरू, स्वास्थ्य परीक्षण प्रयोगशालाहरू, होटलहरु, शैक्षिक संस्थाहरू आदिसँग सम्झौता गरिसकेको कम्पनीले बताएको छ ।  

सूर्यज्योति डिजिटल केयर्स कार्ड अन्तर्गत सुविधाको लागि बीमित तथा अभिकर्ताद्वारा कम्पनीले तोकेको अनुसार मापदण्ड पूरा गरेको र सूर्यज्योति मोबाइल एपमा रजिस्टर भएको हुनुपर्दछ । सूर्यज्योति केयर्सको सुविधा, त्यसको प्रयोग, साझेदार संस्थाहरूको नाम र सो संस्थाहरूबाट पाइने सहुलियत तथा छुट बारे सम्पूर्ण जानकारी सूर्यज्योति मोबाइल एप वा सूर्यज्योति लाइफ इन्स्योरेन्सको वेबसाइटबाट पनि लिन सकिने छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई थप परिस्कृत र सुदृढ गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता गर्दै समयसापेक्ष आफ्ना सेवाहरूमा बिस्तार गर्दै आएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स आफ्नो सेवा गुणस्तरलाई थप परिष्कृत र सुदृढ गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले बताए ।   

सूर्यज्योति लाइफ इन्स्योरेन्सको हाल चुक्ता पूँजी ५ अर्ब १ करोड, कुल लगानी ४३ अर्ब, जीवन बीमा कोष ३८ अर्ब ३ करोड, जारी बीमा लेख संख्या ३२ लाख २३ हजार ९६१, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार १०० रहेको छ ।

Skip This
Skip This
Logo