८ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने पनि बढे

८ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने पनि बढे

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना अर्थात् फागुन महिनासम्ममा १० खर्ब ५१ अर्ब ७७ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स ९.४ प्रतिशतले वृद्धि भएको जानकारी दिएकाे हाे । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रेमिट्यान्स १८.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ ।अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको राष्ट्र बैंकले बताएको छ ।

यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो ।

Skip This
Skip This
Logo