नयाँ वर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा अफर, १५ वर्षको वारेन्टी

नयाँ वर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा अफर, १५ वर्षको वारेन्टी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सअन्तर्गत एलिका ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ नामक विशेष अभियानको शुभारम्भ गरेको छ।

यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् । उक्त अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो।

एलिकाका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उत्कृष्ट प्रदर्शन र दीर्घकालीन टिकाउपनको सुनिश्चितता प्रदान गर्छन्। यस अभियानअन्तर्गत, ग्राहकहरूले एलिका का किचन उपकरणहरू जस्तै कुकटपरहब, कुकिङ रेन्ज, बिल्ट-इन ओभनरमाइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सिजी इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन्।

यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउने कम्पनीकाे दाबी छ ।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, शून्य प्रतिशत इएमआई, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ।

साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्ने कम्पनीले जनाएकाे छ ।

Logo