काठमाडौं । जम्वो इको भेइकलले नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै नयाँ ई–स्कुटर धमाका अफर ल्याएको छ ।
यस अफरअन्तर्गत ५० हजार रुपैयाँ सम्मको आकर्षक नगद छुट सहित विभिन्न उपहार उपलब्ध छ । इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कम्पनीले दुर्घटना बिमा, आईएसआई मापदण्डको स्तरिय हेलमेट आदिको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
स्कुटर खरिदलाई सहज र आकर्षक बनाउन स्पट फाइनान्सको पनि व्यवस्था छ ।
कम्पनीले लेभ्निङ, एमडीकेए, ग्यारो, प्योर ईभी जस्ता विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ ।
नेपाली बजारमा हाल जम्वो इकोको मल्टी ब्रान्ड शोरुमले ३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बिक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्म रहेका छन् ।





























प्रतिक्रिया