काठमाडौं । नयाँ वर्ष २०८२लाई लक्षित गर्दै नेपालमा सुनरा इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले ग्राहकसमक्ष विशेष छुट अफर ल्याएको छ ।
सुपर सेभ अफर नामक सो अफर अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडलहरूमा ६० हजार रुपैयाँ सम्मको छुट पाउने कम्पनीले जनाएको छ ।
अफरमा के५ मोडल १ लाख ६९ हजार ९ सय, रोबो–एस मोडल ३ लाख २० हजार ९ सय र ह्वाक मोडल २ लाख ३६ हजार ९ सय रुपैयाँमा उपलब्ध छन्। साथै, प्रत्येक स्कुटरमा निःशुल्क बिमा, फ्रि हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ। यसबाहेक, एक जना भाग्यमानी ग्राहकले लक्की ड्र अन्तर्गत आफूले किनेको स्कुटरमा ५० प्रतिशत छुट पाउनेछन्।































प्रतिक्रिया