सार्वजनिक यातायातकोे सुधारमा भरतपुर महानगरको प्रतिबद्धता

सार्वजनिक यातायातकोे सुधारमा भरतपुर महानगरको प्रतिबद्धता

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई महानगरको सार्वजनिक यातायातसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ । बागमती अटोमोबाइल्स संघका अध्यक्ष राजन पियालले मेयर दाहाललाई औपचारिक रूपमा भेटेर प्रतिवेदन बुझाएका हुन् ।

बागमती अटोमोबाइल्स एसोसिएसनद्वारा सम्पन्न यस अध्ययनमा नेपाल अटोमोबाइल्स एसोसिएसन र नासा फाउण्डेसन नेपालको समन्वय थियो भने अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसनको रोड सेफ्टी ग्य्रान्ट प्रोग्रामअन्तर्गतको सहयोग रहेको थियो ।

कार्यक्रममा अध्ययन टोलीका टिम लिडर इन्जिनियर आदर्श राम श्रेष्ठले प्रतिवेदनमा समेटिएका प्रमुख निष्कर्षहरू तथा सुझावहरू प्रस्तुत गरेका थिए ।

मेयर दाहालले सार्वजनिक यातायातको अवस्था सुधार गरी भरतपुरलाई सुरक्षित, समावेशी र दिगो यातायात प्रणालीतर्फ लैजान प्रतिवेदनले महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने र प्रतिवेदनमा उल्लेख गरिएका सुझावहरु कार्यान्वयनमा ल्याउन महानगरको तर्फबाट आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उक्त कार्यक्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, विपद व्यवस्थापन तथा यातायात शाखाका प्रमुख बालकृष्ण थपलिया, अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसनका वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसनका सह–कोषाध्यक्ष कमला क्षेत्री, ई. किरण धिताल, आशिष रौनियार र नासा फाउण्डेसन नेपालका कार्यकारी सचिव सुवास भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सो अध्ययन प्रतिवेदनले भरतपुरको सार्वाजनिक यातायात सुधार, बसपार्क र पार्किङ्ग व्यवस्थापन, अटोल्याड तथा चक्रपथ निमार्णको लागी समेत आधारशिला बन्ने विश्वास नेपाल अटोमोवाइल्स एसोसिएसनले लिएको छ ।

सोही कार्यक्रमको दौरान संघको तर्फबाट ५० थान रिफेक्टीभ ज्याकेट र १० थान ब्याटन लाइट जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मालाई हस्तान्तरण गरिएको थियो ।

Logo