नयाँ वर्षमा बेनेलीका बाइक किन्दा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार जित्न सकिने

नयाँ वर्षमा बेनेलीका बाइक किन्दा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार जित्न सकिने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नयाँ वर्ष २०८२ का लागि बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले आकर्षक अफर ल्याएको छ ।

यस अफरअन्तर्गत बेनेलीका कुनै पनि मोडलको मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले २५ हजार रुपैयाँ नगद छुट पाउने छन् । यसका साथै, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण बीमा निःशुल्क प्रदान गरिनेछ।

त्यसैगरी, पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप २५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । अफर अझ रोमाञ्चक बनाउने उद्देश्यले लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले १ लाख नगद पुरस्कार जित्ने अवसर समेत पाउनेछन्।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ ।

Logo