काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपाली बजारमा भित्रिएको छ । रिभोल्टको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले एक विशेष कार्यक्रमबीच रिभोल्टलाई सार्वजनिक गरेको हो ।
नेपाली बजारमा रिभोल्टका पाँच मोडल आरभी१, आरभी१ प्लस, आरभी ब्लेजएक्स, आरभी४०० बीआरजेड र आरभी४०० मोटरसाइकल उपलब्ध छन् । यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख ९९ हजार, ३ लाख ४९ हाजार, ३ लाख ९९ हजार, ४ लाख १९ हजार र ४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
आरभी१ वाहेक अन्य सबै मोडलमा ३.२४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । आरभी१ मा भने २.२ किलोवाट आवरको ब्याट्री छ । त्यसगरी आरभी१ र आरभी१ प्लसमा २.८४ किलोवाटको पिक मोटर पावर र १.७९ किलोवाटको रेटेड मोटर पावर छ ।
अन्य तीन मोडलमा क्रमशः ४.०८, ४.१ र ३.९ किलोवाटको पिक मोटर पावर छ भने रेटेड मोटर पावर लगभग समान २.८ किलोवाट छ । यी मोटरसाइकलमा रिभोल्टले आईपी ६७ रेटेड ब्याट्री प्याक उपलब्ध गराएको छ, जसले ५ वर्ष अर्थात ७५ हजार किलोमिटरको वारेन्टी र चार्जरमा २ वर्षको वारेन्टी दिएकाे छ ।





























प्रतिक्रिया