काठमाडौं । नेपाली दुई पाङ्ग्रे सवारी बजारमा सनसनी मच्चाउँदै केटिएम नेपालले नयाँ वर्ष २०८२ को अवसरमा एक आकर्षक अफर सार्वजनिक गरेको छ । अब ग्राहकहरुले आफ्नो नागरिकता परिचयपत्र देखाएरै केटिएम मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
केटिएमले सधैँ नै उच्च प्रदर्शन, उत्कृष्ट डिजाइन र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्दै आएको छ । यस नयाँ वर्षमा कम्पनीले आफ्नो मोटरसाइकललाई अझ धेरै नेपाली राइडरहरूको पहुँचमा पुर्याउने लक्ष्यका साथ यो अभूतपूर्व योजना ल्याएको हो।
केटिएमको यो नयाँ वर्ष अफरले मोटरसाइकल खरिद गर्न इच्छुक ग्राहकहरूका लागि प्रक्रियालाई अत्यन्तै सरल बनाएको छ । अब केटिएमको गति, शक्ति र सन्तुलनको अनुभव लिन चाहने जो कोहीले पनि केवल आफ्नो नागरिकता कार्ड प्रस्तुत गरेर आफ्नो मनपर्ने केटिएम मोटरसाइकल घर लैजान सक्नेछन्।
केटिएमले ग्राहकहरूलाई खरिद प्रक्रिया अझ सहज बनाउन विभिन्न आकर्षक सुविधाहरू पनि प्रदान गरेको छ । जस्तै, अब ग्राहकहरूले केवल ४० प्रतिशत डाउन पेमेन्ट गरेर ३६ महिनासम्मको सहज किस्ताबन्दीमा आफ्नो केटिएम मोटरसाइकल खरिद गर्न सक्नेछन्।
साथै जो कोहीले आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गर्न चाहन्छन् भने उनीहरूले थप रु. १५,००० सम्मको विशेष मूल्याङ्कन प्राप्त गर्नेछन्। प्रत्येक नयाँ केटिएमको खरिदमा ग्राहकहरूले उच्च गुणस्तरको एयराे हेल्मेट र केटिएमको प्रिमियम गिफ्ट प्याक निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।





























प्रतिक्रिया