नयाँ वर्षमा बीवाईडीप्रति ग्राहकको आकर्षण, एकैदिन १३५ वटा गाडी बुकिङ

नयाँ वर्षमा बीवाईडीप्रति ग्राहकको आकर्षण, एकैदिन १३५ वटा गाडी बुकिङ

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नयाँ वर्षको २०८२ को पहिलो दिन सोमबार एकैदिन बीवाईडीका १३५ वटा गाडी बुकिङ भएका छन् ।

अघिल्लो वर्षको यसैदिन १३२ गाडी बुकिङ लिएको कम्पनीले यसवर्ष त्यसमा केही सुधार गर्दै बुकिङ बढाएको हो ।

बीवाईडीको हाल नेपाली बजारमा एट्टो३, डल्फिन, एम६, ई६ र लक्जरी सेडान कार सील सहित कुल ५ वटा मोडलका ईभी उपलब्ध छन् । यी कारको सुरुवाती मूल्य ४१ लाख १५ हजारदेखी १ करोड ९५ लाख रुपैयाँसम्म पर्छ । यीमध्ये सर्वाधिक बिक्री हुने मोडलमा एट्टो३ र डल्फिन पर्छ ।

यसले के देखाउँछ भने अन्तराष्ट्र्रिय बजारमा चर्चा कमाएको ईभी ब्रान्ड भएका कारण पनि बीवाईडीलाई नेपाली ईभी प्रेमीले अत्याधिक मात्रामा रुचाउँदै आएका छन् ।

Skip This
Skip This
Logo