सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, पुग्यो एक लाख ८७ हजार

सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, पुग्यो एक लाख ८७ हजार

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । नेपाल बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर एक लाख ८७ हजार हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुनको मूल्य तोलामा एक लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९५५ रुपैयाँमा किनबेच भएको छ ।

महासंघका निर्वतमान अध्यक्ष माणिक रत्न शाक्यका अनुसार विश्व बजारमा सुनको मूल्यमा आएको बढोत्तरीले गर्दा सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको हाे ।

Logo