काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)काे औपचारिक रुपमै घोषणा भएको छ ।
नाडाबाट अलग भएका अटोमोबाइल व्यवसायीहरुले आज एक विशेष कार्यक्रमका बीच ऋतुसिंह वैद्यको नेतृत्वमा नाइमाको घोषणा गरेका हुन् । नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने बताइएको छ ।
नाइमा भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो। जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । नाइमाको उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउने रहेको छ । यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ। जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइने छ ।
आज नाइमाको बोर्ड अफ डाइरेक्टरमा विभिन्न प्रतिष्ठित अटोमोबाइल व्यवसायीहरु रहेको जानकारी पनि गराएको छ, जसमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुन्ज अग्रवाल र उदयन काब्रा रहेका छन् ।





























प्रतिक्रिया