सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, एक लाख ९० हजार नाघ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, एक लाख ९० हजार नाघ्यो

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

विश्वमा भएको युद्ध, अमेरिकाले विभिन्न देशहरुमा लगाएको ट्यारिफ, यूरोप र अमेरिकी केन्द्रिय बैंकहरुले ब्यादर घटाएका कारण सुनको भाउमा वृद्धि भएको हो । नेपाली बजारमा २०८१ सालमा ४७ हजार रुपैयाँले सुनको मूल्य वृद्धि भएको देखिन्छ । यही गतिमा बढे यो २०८२ सालमा सुनको भाउ २ लाख ५० हजार रुपैयाँसम्म पुग्ने अनुमान गर्न थालिएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ ।

Logo