काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले घटेर शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।































प्रतिक्रिया