काठमाडाैं । पाइलट एशोसिएसन अफ नेपालले स्काईवेल पाइलट समिट गर्ने भएको छ । एशोसियनले नेपालमा पहिलो पटक यस्तो खालको समिट गर्न लागेको हो ।
शनिवार लैनचौरमा रहेको मल्ल होटेलमा नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ गर्न लागेको हो । समिटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन् ।
नेपालको पहिलो रियल इभी एसयुभीले समिटको स्पोन्सर गरेको छ । एशोसिएसन विभिन्न वायुसेवा कम्पनीसँग आबद्ध रहेका नेपाली पाइलटहरूको संस्था हो । पाइलटहरूको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका लागि अग्रसर रहँदै आएको छ ।
पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलका अनुसार समिटमा एसोसिएसनको औपचारिक शुभारम्भको घोषणा गरिनेछ ।
समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलता क्षेत्रमा एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि गर्ने वार्षिक कार्यक्रम समेत सार्वजनिक गर्नेछ ।
टाईटल स्पोनसरको रुपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारीक आयातकर्ता जि. मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाईलट जस्तो संवेदनशील पेशाकर्मीसँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुशी ब्यक्त गर्दै, यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाईलट र स्काईवेल दुवैको उदेश्यमा मेल खाने भएकैले यो सहकार्य संभव भएको बताए ।
यहाँ स्मरणीय छ स्काईवेल चिनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाईड इलेक्ट्रिक इभी हो भने यसले चाईना एनक्याप सेफ्टी रेटिङमा फाईभ स्टार रेटिङ् प्राप्त गरेको छ । फाईभ स्टार एनक्याप सेफ्टी रेटिङ् को सबैभन्दा उच्चतम मापदण्ड हो । नेपालकै पहिलो पाईलट समिटको टाईटल स्पोनसरको रुपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाईलट एसोसिएसन अफ नेपालको आधिकारीक मोविलिटी पार्टनरको रुपमा चिनिनेछ ।
सम्झौतामा हस्ताक्षर गर्दै पाईलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले शुरुवाती चरणमै देखाएको तत्परता र विश्वास प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिबद्ध संस्थाको सहकार्यको यो अनुपम नमुना भएको बताए ।
यस समिटको अवसर पारेर पाईट एसोसिएसनको औपचारीक शुभारम्भ घोषणा समेत गरिनेछ । यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाईलट एसोसिएसनले जनचेतना तथा ब्यावसायिकता अभिबृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको बार्षिक क्यालेण्डर समेत सार्बजनिक गरिने छ ।































प्रतिक्रिया