एलओडीमा ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आउँदै

एलओडीमा ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आउँदै

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । एलओडी क्लबमा चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् ।

मंगलबार वैशाख ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने उनी मगलबार भने क्लबमा सहभागी हुने उनले जानकारी दिए ।

शुक्रबार आउने पूर्व जानकारी थियो तर उनको स्वास्थ्य अनुकूल रहेकोले ३ दिन ढिला गरी मंगलबार आउन लागेको हो।

कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ । रोबर्टो कार्लोसलाई हेर्न चाहने दर्शकले मंगलबार एलओडी आउन समेत क्लबले सबैमा जानकारी गराएको छ ।

Skip This
Skip This
Logo