लक्ष्मी ग्रुप अब एसएमएल इसुजुको नेपालका लागि एकमात्र आधिकारिक वितरक

लक्ष्मी ग्रुप अब एसएमएल इसुजुको नेपालका लागि एकमात्र आधिकारिक वितरक

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्स अब एसएमएल इसुजुका कमर्सियल सवारी साधनहरूको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ।

यसअघि लक्ष्मी कमर्सियल भेहिकल्स यस ब्रान्डको आधिकारिक बिक्रेताको रूपमा कार्यरत थियो। कम्पनीले हालैमात्र एकमात्र आधिकारिक वितरकको मान्यता पाएको हो। लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रामक बजार विस्तार र सुदृढीकरणका लागि सधैँ तत्पर रहने जनाएको छ। लक्ष्मी ग्रुप अन्तर्गतको यस कम्पनीले विगत सात वर्षदेखि एसएमएल इसुजुका सवारी साधन बिक्री वितरण गर्दै आएको छ।

कम्पनीका सेल्स हेड सञ्जय खड्काका अनुसार हाल नेपालका सातै प्रदेशमा एसएमएल इसुजुको सेल्स तथा सर्भिस सञ्जाल रहेको छ र आगामी दिनमा यसलाई अझ विस्तार गर्दै लगिनेछ।

जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरू उत्पादन गर्दै आएको छ। लक्ष्मी ग्रुपको यो नयाँ जिम्मेवारीले नेपाली बजारमा एसएमएल इसुजुका सवारी साधनहरूको सहज उपलब्धता र उत्कृष्ट सेवा सुनिश्चित गर्ने विश्वास लिइएको छ।

Logo