काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला –२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी महासंघले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको यो दशौ संस्करण हो। जुन यो वर्ष २०८२ वैशाख २५ देखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ ।
मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टलहरु सहभागि हुनेछन् भने र थाइल्याण्डको सहभागिता रहने महासंघले जनाएको छ ।
महासंघमा अनुसार मेलामा मेड इन नेपाल पेभेलियन तथा बस्तुगत संघहरुको पेभेलियन रहने छ । महासंघले २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो। मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी बस्तु तथा सेवाको प्रर्दशनी गरिने आयोजकको भनाई छ ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फूड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, स्मार्टवाच , बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरु रहनेछन् ।
मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, बस्तुगत संघहरुका उत्पादनहरु, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरु समेत राखिने छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासगं प्रत्यक्ष अन्तरकृया गराउने सक्ष्य समेत रहेको छ।
मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।
विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइनेछ ।
यो मेलाले नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार पर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ । मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ।





























प्रतिक्रिया