काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ ।
नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो । यो क्याम्प वैशाख १०, ११ र १२ गते (तदनुसार अप्रिल २३, २४, र २५, २०२५) मा देशव्यापी रूपमा सञ्चालन भइरहेको छ । यो सर्भिस क्याम्प काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको छ ।
‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक-अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ नि:शुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन । त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्, अनि १५ प्रतिशत छुटमा ‘बडि सप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी ल्युब्रिकेन्ट, ‘फिल्टर पार्ट्स’, र ‘ब्रेकप्याड तथा सु’मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्नेछन् ।
यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक-अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प, यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले ग्राहकलाई मनसुनको लागि तयार रहन मद्दत गर्ने र ग्राहकको गाडी स्वामित्व अनुभवमा सहजता थप्ने विश्वास राख्दछ ।
पायोनियर मोटो कर्प, सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको चेकपोइन्टमा जानुभई यो ‘निसान प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’मा छुट तथा सुविधाहरूबाट लाभान्वित हुन कम्पनीले आह्वान समेत गरेकाे छ ।





























प्रतिक्रिया