हुन्डाईले सार्वजनिक गर्‍यो २०२६ प्यालिसेड एसयूभी, यस्ता छन् फिचर

हुन्डाईले सार्वजनिक गर्‍यो २०२६ प्यालिसेड एसयूभी, यस्ता छन् फिचर

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । हुन्डाई मोटर कम्पनीले न्युयोर्क अटो शोमा आफ्नो बहुप्रतिक्षित मध्यम आकारको थ्री-रो एसयूभी, २०२६ प्यालिसेड सार्वजनिक गरेको छ।

बक्सियर र मस्कुलर डिजाइनमा प्रस्तुत भएको यसको लम्बाई ४९८० एमएम, चौडाइ १९७५ एमएम, उचाइ १७५० एमएम र ह्विलबेस २९०० एमएम रहेको छ। ग्राहकहरूले ८ यात्रु क्षमताको बेन्च सिट वा ७ यात्रु क्षमताको क्याप्टेन सिटमध्ये एक रोज्न सक्नेछन्।

गाडीको अगाडिको बम्परलाई थप फराकिलो बनाइएको छ, जसले यसलाई सडकमा बलियो उपस्थिति दिन्छ।

गाडीको भित्री भाग प्रिमियम र विलासी देखिन्छ। यसमा १२.३ इन्चको ड्युअल-कर्भ डिस्प्ले, तेस्रो पङ्क्तिका यात्रुहरूका लागि १०० वाटको यूएसबी टाइप-सी पोर्टसहितको ट्विन-डोर सेन्टर स्ट्याक, कुल्ड वायरलेस चार्जिङ र प्रशस्त सामान राख्ने ठाउँ उपलब्ध छ। चालक र अगाडिको यात्रुको सुविधाका लागि १५ वाटको वायरलेस चार्जिङ प्याड र सेन्टर कन्सोलमा आरामदायी आर्मरेस्ट पनि उपलब्ध रहेकेा कम्पनीले जनाएकाे छ ।

पावरट्रेनको कुरा गर्दा, नयाँ प्यालिसेडमा दुई शक्तिशाली विकल्पहरू छन्। पहिलो, नयाँ विकसित ३.५ लिटर भी६ पेट्रोल इन्जिन हो, जसले २८७ बीएचपी पावर र ३५२.५ एनएम टर्क उत्पन्न गर्छ र यो ८ स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ। दोस्रो विकल्पको रूपमा, टर्बोचार्ज्ड २.५ लिटर इन्जिन र दुई इलेक्ट्रिक मोटरको संयोजनमा आधारित हाइब्रिड पावरट्रेन उपलब्ध छ, जसले ३२९ बीएचपी पावर र ४५९.२ एनएम टर्क प्रदान गर्छ।

कम्पनीका अनुसार हाइब्रिड भर्सनले एक पटकको फुल चार्जमा लगभग १००० किलोमिटरको रेन्ज दिन्छ।

सुरक्षालाई प्राथमिकतामा राख्दै, २०२६ प्यालिसेडमा १० वटा एयरब्याग, हुन्डाई डिजिटल की २.०, वाइफाई हटस्पट, ओभर-द-एयर (ओटीए) अपडेट क्षमता, दुई क्यामेरा भएको ड्यास क्याम, यूभी-सी स्टेरिलाइजेसन कम्पार्टमेन्ट र उन्नत रियर ओक्युपेन्ट अलर्ट जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ। यसका अतिरिक्त, ब्लाइन्ड-स्पट टक्कर चेतावनी, टो हिच, रिकभरी हुक र विशेष १८ इन्चका पाङ्ग्राहरू पनि उपलब्ध रहेकाे छ।

आकर्षक बक्सियर डिजाइन र प्रिमियम इन्टेरियरसहित आएको यो थ्री-रो एसयूभीले किया टेलुराइड जस्ता प्रतिस्पर्धीहरूलाई कडा चुनौती दिने कम्पनीकाे भनाइ छ ।

Logo