काठमाडौं । नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ग्राहकहरूका लागि आकर्षक एक्सचेन्ज अफर ल्याएको छ ।
‘अपग्रेड टु प्रिमियम’ नामक विशेष एक्सचेन्ज अफरमा ग्राहकहरूले कुनै पनि ब्रान्ड र अवस्थाको आफ्नो पुरानो दुईपांग्रे सवारी साधनलाई नयाँ भेस्पा वा अप्रिलिया स्कुटरसँग साट्न सक्ने कम्पनीले जनाएको छ । साथै १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सक्नेछन्।
यो अफर सीमित अवधिको लागि मात्र हो। वैशाख १७ गतेदेखि २३ गतेसम्म चल्ने यो अफर देशभरिका भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ। डेल्टा अटोकर्पले ग्राहकहरूलाई उत्कृष्ट स्कुटर अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको हो।
यस अफरमा सहभागी भएर ग्राहकहरूले केवल पुरानो स्कुटरको राम्रो मूल्य मात्र पाउने छैनन्, बल्कि अन्य थुप्रै फाइदाहरू पनि उठाउन सक्नेछन्। यदि तपाईं नगदमा नयाँ स्कुटर किन्नुहुन्छ भने १० हजार रुपैयाँको सिधै छुट पाउनुहुनेछ। साथै, कम्पनीले हेल्मेट, स्कुटर कभर र फुट म्याट जस्ता उपयोगी एसेसरिज पनि निःशुल्क दिनेछ।
आर्थिक व्यवस्थापनलाई सहज बनाउन चाहने ग्राहकहरूका लागि डेल्टा अटोकर्पले मासिक किस्ताको पनि विशेष व्यवस्था गरेको छ। अब ग्राहकहरूले मात्र ४.९९ प्रतिशतको आकर्षक ब्याजदरमा नयाँ स्कुटर घर लैजान सक्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया