दमौली

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै २३ लाख १४ हजार ७०८ असुल गरेको छ । "/>

महशुल नतिर्ने ग्राहकको लाइन काटेर २३ लाख असुली

महशुल नतिर्ने ग्राहकको लाइन काटेर २३ लाख असुली

केन्द्रबिन्दु
0
Shares

दमौली

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै २३ लाख १४ हजार ७०८ असुल गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्युत महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण विद्युत महशुल सङ्कलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको २३ औं दिनदेखि ३० औं दिनसम्म विद्युत महशुल बुझाएमा पाँच प्रतिशत, ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशत, ४१ औं दिनदेखि माथि विद्युत महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ । यस्तै विनियमावलीको दफा १० अनुसार मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटन सकिने व्यवस्था छ ।

बिग्रिएका मिटर बदली अभियान

उक्त केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान चलाएको छ । हालसम्म यस्ता बिग्रेका करीब २५० भन्दा बढी ग्राहकको मिटर बदलिएको र यसबाट नियमित महशुल सङ्कलन पनि वृद्घि भएको प्रमुख गोशलीले बताउनुभयो । चालु आव २०७५/७६ मा यस्ता एक हजार थान मिटर बदली गर्ने उक्त केन्द्रको योजना छ ।
रासस

Skip This
Skip This
Logo