भरतपुरमा पहिलो पटक लक्ष्मी कमर्शियलको ग्राहक भेटघाट कार्यक्रम

भरतपुरमा पहिलो पटक लक्ष्मी कमर्शियलको ग्राहक भेटघाट कार्यक्रम

केन्द्रबिन्दु
48
Shares

चितवन । एसएमएल इसुजुका गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल प्रालिले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन तथा आफ्नो उत्कृष्ट सेवा प्रतिबद्धतालाई सशक्त बनाउन ग्राहक भेटघाट कार्यक्रम २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ।

चितवनको चितवन गार्डेन रिसोर्टमा सम्पन्न सो कार्यक्रममा जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरू निर्माण गर्दै सेल्स, सर्भिस र स्पेयर पाट्र्स एकै ठाउँमा उपलब्ध गराउदै आएको वारेमा जानकारी आदानप्रदान गरियो । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल इसुजुका सवारी साधनहरू विगत लामो समय देखि लोकप्रिय रहँदै आएको कम्पनीको भनाइ छ ।

लक्ष्मी कमर्सियल भेइकलको ग्राहक केन्द्रित सोचअनुसार आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका २ सय भन्दा बढी उद्यमीहरुको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रममा लक्ष्मी कमर्सियल भेइकल प्रालिका सेल्स हेड सञ्जय खड्काले आगामी दिनहरूमा अझ राम्रो बिक्री तथा सेवा सुविधा प्रदान गर्ने, ग्राहक आवश्यकता अनुसार अझ उत्कृष्ट गाडी उपलब्ध गराउने र दीर्घकालीन रुपमा राम्रो सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बस इन्चार्ज रामहरी थपलियाले एसएमएल इसुजु गाडीहरूको प्राविधिक विशेषता तथा यसको बलियो विश्वसनीयताको विषयमा विस्तृत जानकारी गराए । कार्यक्रममा लक्ष्मी कमर्सियल भेइकलको आधिकारिक डिलर, ब्रान्डेड अटोमोबाइल प्रालिको सहकार्य रहेको थियो।

ब्रान्डेड अटोमोबाइल प्रालिका सीईओ इन्द्र प्रसाद रेग्मीले आफ्नो भनाइ राख्दै लक्ष्मी कमर्सियल भेइकलसँग मिलेर बिक्री पछिको उत्कृष्ट सेवा अर्थात आफ्टर सेल्स सर्भिस प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

एसएमएल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्परका साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध गराउँदै आएको छ। विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम राखेको दावी गरेको छ।

Skip This
Skip This
Logo