पल्सरको नयाँ ‘एन–१२५ र एन–१६०’ मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?

पल्सरको नयाँ ‘एन–१२५ र एन–१६०’ मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
156
Shares

काठमाडौं । बजाजको आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले पल्सर एन-१२५ र एन-१६० मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।

भृकुटीमण्डपमा हिजोबाट (बैशाख १६ गते) बाट सञ्चालनमा आएको ‘बजाज ग्राण्ड कार्निभल’ मा उक्त दुई मोटरसाइकल एक साथ सार्वजनिक गरिएको हो । 

नेपाली बजारमा निकै लोकप्रिय पल्सर मोटरसाइकलमा नयाँ मोडल थपिँदा यसलाई पनि आमग्राहकले रोज्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले एन-१२५ मोडलको मूल्य २ लाख ९७ हजार ९०० र एन-१६० को ४ लाख १४ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ । 

एन-१६० नेपाली बजारको लागि अपग्रेड भएर आएको मोडल हो । पल्सर एन-१२५ भने नयाँ मोडलको रूपमा बजारमा आएको कम्पनीले जानकारी दिएको छ । नयाँ पल्सर एन-१६० मा नयाँ कन्सोलमा ब्लुटूथ केनेन्टिभिटी आदि जस्ता आधुनिक फिचरहरू समावेश छन् । 

त्यसैगरी एन-१२५ मोटरसाइकलमा १२४.५९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, बीएस ६ इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १२ पीएस पावर र ७ हजार आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिडको गियरबक्स दिइएको छ । 

उच्च प्रदर्शन क्षमता भएका यी मोटरसाइकले प्रयोगकर्ताको यात्राको रफ्तारलाई निकै सहज बनाउने बताइएको छ । साथै, कम्पनीले आयोजना गरेको ग्राण्ड कार्निभलमा पुराना दुई पाङ्ग्रे सवारीको उत्कृष्ट भ्यालुएसन गरी नयाँ पल्सरका बाइक लैजान सकिने छ । 

यो कार्निभलमा २० भन्दा धेरै भ्यालुएशन कम्पनीहरू सहभागी जनाएका छन् भने ग्राहकले फाइनान्स स्कीम अन्तर्गत नागरिकताकै भरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

बजाज ग्राण्ड कार्निभलमा कम्पनीले चलाइरहेको ‘खुसीको मिटर’ स्कीम समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राण्ड कार्निभल वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ । किस्ताबन्दीमा बजाजका बाइक किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने कम्पनीको भनाई छ ।

Logo