काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले कर दाता मैत्री राजश्व प्रणालीको विकास गरिने बताएका छन् ।
संघीय संसदको संयुक्त बैठकबाट आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्ता बताएका हुन् । ‘कर प्रशासन सुधार र सूचना प्रविधिको प्रयोगबाट कर दाता मैत्री राजश्व प्रणालीको विकास गरिनेछ,’ उनले भने । यस्तै, पौडेलले अनावश्यक संरचनालाई गाभ्ने वा पुनः संरचना गरिने पनि जानकारी दिएका छन् ।
उनका अनुसार प्रतिफल युक्त आयोजनामा लगानी केन्द्रित सरकारले गर्ने पनि पौडेलले जानकारी दिएका छन् । साथै, सार्वजनिक तथा निजी क्षेत्रको लगानी प्रवर्द्धनको सोही अनुरूपको काम अगाडि बढाउने पनि पौडेलेको भनाई छ ।





























प्रतिक्रिया