सहकारीका समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहकारी नीति जारी गरिने

सहकारीका समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहकारी नीति जारी गरिने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीको क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने घोषणा गरेका छन् ।

पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताहरू बचत फिर्ता गर्न सहकारी नियमन प्राधिकरणमार्फत राहत कोष स्थापना गरिने बताए । ‘सहकारी क्षेत्रका आधारभूत समस्याहरू समाधान गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत आवश्यक कदम चालिनेछ, सहकारी ऋण सूचना, बचत सुरक्षा र ऋण असुलीका लागि न्यायाधिकरण थप स्थापन गरिनेछ,’ उनले भने ।

सहकारी तथ्यांक व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड तय गरिने र सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने नीति पनि समावेश गरिएको उनको भनाई छ ।

Logo