काठमाडौं । चिनियाँ अटो कम्पनी एक्सपेङ्गले नयाँ ह्युमनाइड रोबोट ‘आयरन’लाई शाङ्घाई अटो शो २०२५ मा सार्वजनिक गरेको छ ।
गत नोभेम्बरमा पहिलो पटक प्रस्तुत गरिएको आयरन हाल एक्सपेङ्गका कारखानाहरूमा प्रयोग भइरहेको छ, जहाँ यसले विद्युतीय सवारी निर्माणमा सहयोग पुर्याइरहेको छ ।
आयरनको उचाइ ५ फिट ८ इन्च (१.७३ मिटर) र तौल ७० केजी छ । यसलाई मानव शरीरजस्तै बनाइएको छ, र यसको हातहरू यथार्थपरक रूपमा डिजाइन गरिएका छन्, जसले वस्तु समात्न र चलाउन सहज बनाउँछ ।
कम्पनीका अनुसार कम एक्सपेङ्गको आफ्नै प्रविधिबाट सञ्चालित आयरन सहज रूपमा हिँड्डुल गर्न सक्छ र यसले परम्परागत रोबोटहरूजस्तो कठोर गतिविधि देखाउँदैन । यसमा कारहरूमा प्रयोग हुने स्मार्ट आवाज प्रणाली जडान गरिएको छ, जसमार्फत यो मानिसहरूसँग स्वाभाविक रूपमा संवाद गर्न सक्षम रहेकाे कम्पनीकाे दाबी छ।
एक्सपेङ्गका स्वचालित गाडीहरूमा जस्तै, आयरनमा पनि अत्याधुनिक क्यामेरा र सफ्टवेयर जडान गरिएको छ, जसले वातावरण बुझ्न र निर्णय लिन सक्षम बनाउँछ ।
कम्पनीको लक्ष्य आयरनलाई केवल कारखानामा सीमित नराखी भविष्यमा पसल, अफिस र घरमा समेत सहयोगीको रूपमा प्रयोग गर्नु हो, जसले ग्राहक सेवा तथा व्यवस्थापन जस्ता कामहरू सजिलै गर्न सक्छ ।





























प्रतिक्रिया