बुटवल । विश्वकै प्रतिष्ठित मोटरसाइकल ब्रान्ड ट्रायम्फले बुटवलमा आफ्नो नयाँ शोरुम खोलेको छ।
बस्याल अटोकर्प आधिकारिक डिलरको रूपमा नियुक्त भएको यो शोरुमको उद्घाटन निकै उत्साहजनकका साथ गरिएको थियो । उद्घाटन लगत्तै १५ वटा मोटरसाइकल बिक्री भएपछि बुटवलका ग्राहकहरूले ट्रायम्फलाई खुलेर स्वागत गरेको देखिएको छ।
यो अभूतपूर्व स्वागतबाट आफू निकै उत्साहित भएको बस्याल अटोकर्पका सञ्चालक आकर्षक बस्यालले बताए । ‘पहिलो दिनमै १५ वटा मोटरसाइकल बिक्री हुनुले ट्रायम्फप्रतिको उहाँहरूको विश्वास र प्रेम दर्शाउँछ। हामी यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको बिक्रीपछिको सेवा प्रदान गर्न प्रतिबद्ध छौं।’ उनले भने ।
यसैगरी ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले नेपाली बजारमा ट्रायम्फको गुणस्तर र ग्राहकहरूको साथको प्रशंसा गरे।
बुटवलको यो नयाँ शोरुमले बिक्री, सेवा र स्पेयर पार्ट्सको पूर्ण सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । यहाँ प्रशिक्षित प्राविधिकहरू उपलब्ध हुनेछन् र अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया