काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
सेती नदी जलविद्युत परियोजना उद्घाटन तथा बाज्रा इनर्जी उद्यम वित्तीय समापन समारोहमा बोल्दै उनले ऐन निर्माण नहुँदा काम गर्न सक्ने वातारवण नभएको बताएका हुन् ।
उनले भने, ‘हामी साच्चै दुःखमा छौं । थुप्रै पीडाहरु छ सरकारले २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ, ६२ खरब पैसा खर्च हुन्छ भनेको छ । हामी भनिरहेका छौं, जनतामा गई जसरी सेति बन्यो त्यसरी बनाउन सक्छौं । सरकारले हामीलाई ऐन, कानून बनाइदियोस् बाकी कुरा हामी आफैं गर्छौं । बास्तवमा नै हामी गर्छौ भनेर हिँड्दा पनि प्रत्यक पाइलामा तगारो लगाइदिने काम भइरहेको छ ।
उनले नेपालका राजनीतिक दलहरुलाई विकासका क्षेत्रमा काम गर्न एकैठाउँमा आएर साझा धारणा बनाउन आग्रह समेत गरे।































प्रतिक्रिया