लक्ष्मी अटोकोम्पद्वारा जनकपुर र बर्दिबासमा निःशुल्क ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्ने

लक्ष्मी अटोकोम्पद्वारा जनकपुर र बर्दिबासमा निःशुल्क ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको आधिकारिक वितरक, लक्ष्मी अटोकोम्प प्रालिले अब उपत्यका बाहिरका ग्राहकहरुलाई लक्षित गर्दै एक विशेष सेवा अभियान सुरु गर्ने भएकाे छ।

कम्पनीले आगामी वैशाख ३० गते मंगलबारदेखि जनकपुर र बर्दिबासका विभिन्न चार स्थानमा निःशुल्क ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्ने भएको हाे । यो अभियान उपत्यकाबाहिर पहिलो पटक सञ्चालन हुन लागेकोले यस क्षेत्रका ग्राहकहरुका लागि यो एक महत्वपूर्ण अवसर हुने बताइएकाे छ ।

यस निःशुल्क ब्याट्री चेकअप क्याम्प अन्तर्गत, ग्राहकहरुले आफ्ना सवारी साधनको ब्याट्री पूर्ण रुपमा निःशुल्क परीक्षण गराउन सक्नेछन्। दक्ष प्राविधिक टोलीले ब्याट्रीको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै आवश्यक परामर्श पनि प्रदान गर्नेछन्।

यसका साथै, लक्ष्मी अटोकोम्पले यस क्याम्पमा सहभागी हुने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ। टाटा ग्रिन ब्याट्री खरिद गर्दा ग्राहकहरुले आकर्षक डिस्काउन्ट कुपन प्राप्त गर्नेछन्। यति मात्र नभई, सहभागीहरुलाई अन्य थुप्रै आकर्षक उपहारहरु पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

यो निःशुल्क ब्याट्री चेकअप क्याम्पले ग्राहकहरुलाई आफ्नो गाडीको ब्याट्रीको अवस्थाबारे जानकारी लिन र सम्भावित समस्याहरुबाट बच्न मद्दत गर्नेछ। साथै, टाटा ग्रिन ब्याट्री खरिद गर्दा पाइने विशेष छुट र उपहारले ग्राहकहरुलाई थप लाभ मिल्ने देखिन्छ।

Skip This
Skip This
Logo