किया मोटर्सद्वारा नयाँ एमपीभी किया क्यारेन्स क्लाभिस सार्वजनिक, यस्ताे छ फिचर

किया मोटर्सद्वारा नयाँ एमपीभी किया क्यारेन्स क्लाभिस सार्वजनिक, यस्ताे छ फिचर

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । किया मोटर्सले भारतीय बजारमा आफ्नो बहुप्रतीक्षित नयाँ एमपीभी किया क्यारेन्स क्लाभिस सार्वजनिक गरेको छ।

आकर्षक डिजाइन र अत्याधुनिक सुविधाहरूले भरिपूर्ण यो गाडी किया मोटर्सको नवीनतम ‘पोजिट्स युनाइटेड २.०’ डिजाइन दर्शनमा आधारित रहेकाे बताइएकाे छ ।

किया क्यारेन्स क्लाभिसले बाहिरी रूपमा एलईडी डीआरएल, एलईडी आइस क्युब हेडलाइट्स र कनेक्टेड एलईडी टेलल्याम्प जस्ता विशेषताहरू बोकेको छ। यसमा उपलब्ध प्यानोरामिक सनरुफले गाडीको भित्री भागलाई फराकिलो र उज्यालो देखाउँछ।

कम्पनीका अनुसार गाडीको भित्री भाग पनि उत्तिकै आकर्षक र सुविधासम्पन्न छ । यसमा २६.६२ इन्चको ड्युअल स्क्रिन सेटअप, फ्रन्ट भेन्टिलेटेड सिट, ६४ रङको एम्बियन्ट लाइटिङ, ३६० डिग्री क्यामेरा, एयर प्युरिफायर र बोसको उत्कृष्ट अडियो सिस्टम जस्ता विशेषताहरू छन्। साथै, वायरलेस फोन चार्जर, टु स्पोक स्टेयरिङ ह्विल, ड्युअल टोन इन्टेरियर, १७ इन्चको अलोय ह्विल र पुश बटन स्टार्ट/स्टप जस्ता सुविधाले यात्रालाई थप आरामदायी बनाउँछ। दोस्रो पङ्क्तिका यात्रुहरूका लागि क्याप्टेन सिटको विकल्प पनि उपलब्ध छ।

सुरक्षाको दृष्टिकोणबाट किया क्यारेन्स क्लाभिस निकै अगाडि छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), एन्टि-लक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), हिल असिस्ट कन्ट्रोल (एचएसी), पार्किङ सेन्सर र चारै पाङ्ग्रामा डिस्क ब्रेक जस्ता सुरक्षा सुविधाहरू समावेश छन्। यसबाहेक, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम), ब्रेक असिस्ट सिस्टम (बीएएस) र हिल स्टार्ट असिस्ट कन्ट्रोल पनि यसमा उपलब्ध छन्। सुरक्षालाई थप मजबुत बनाउनका लागि यसमा २० भन्दा बढी सेफ्टी फिचरसहितको लेभल-२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) पनि दिइएको कम्पनीले जनाएकाे छ ।

इन्जिनको कुरा गर्दा, किया क्यारेन्स क्लाभिस तीनवटा विकल्पमा उपलब्ध हुनेछ – १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन। विशेषगरी, १.५ लिटर टर्बो पेट्रोल इन्जिन नयाँ म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसन विकल्पमा उपलब्ध हुनेछ। यसमा विभिन्न ड्राइभिङ मोडहरू पनि प्रदान गरिएको छ, जसले चालकलाई आफ्नो आवश्यकता अनुसार गाडी चलाउन सहज बनाउँछ।

किया मोटर्सले किया क्यारेन्स क्लाभिसको मूल्य केही समयपछि सार्वजनिक गर्ने जनाएको छ।

Skip This
Skip This
Logo