नागरिक लगानी कोषले जहाज किन्न दिएको पैसा निगमले अझै गरेन फिर्ता

नागरिक लगानी कोषले जहाज किन्न दिएको पैसा निगमले अझै गरेन फिर्ता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई जहाज किन्न दिएको पैसा अझै फिर्ता नगरेको पाइएको छ । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले कोषले दिएको ऋण निगमले फिर्ता नगरको देखाएको हो । 

कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषमार्फत १२ अर्बको दीर्घकालीन ऋण प्रवाह गरेकोमा निगमसँग २०८१ आषाढ मसान्तसम्म पुँजीकृत गरिएको व्याज रकमसमेत १९ अर्ब ३९ करोड ९ लाख ८४ हजार रुपैयाँ ऋण लगानी देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ । 

महालेखा परीक्षकका अनुसार कोषले निगमबाट सम्झौता बमोजिम ऋण लगानीको रकम प्राप्त गरेको छैन । यस्तै, कर्मचारी सञ्चय कोष र नेपाल वायु सेवा निगमबिच २०७०/३/४ मा ए३२० न्यारोबडी एयरबस २ थान खरिद गर्नका लागि नेपाल सरकारको १० अर्बको जमानीमा ९ अर्ब ९८ करोड ११ लाख १७ हजार रुपैयाँ ऋण उपलब्ध गराउने गरी सम्झौता भएको थियो । 

साथै, २०७४/२/२८ मा ए३३० वाइडबडी एयरबस १ थान खरिद गर्नको लागि नेपाल सरकारको १२ अर्बको जमानीमा ११ अर्ब ९९ करोड ६१ लाखको रुपैयाँ ऋण उपलब्ध गराउने गरी सम्झौता गरी ऋण कर्मचारी सञ्चय कोषले दिएको थियो । 

उक्त ऋण सम्झौताअनुसार निगमले ब्याज भुक्तानी नगरेकोले ब्याजसमेत पुँजीकरण गर्न कोषको सञ्चालक समितिबाट निर्णय भएअनुसार साँवा रकम बढाएर २८ अर्ब ५७ करोड ३५ लाख ऋण कायम गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

Skip This
Skip This
Logo